आइतबार, कार्तिक १६ गते २०८३
images
images

पाकिस्तानी पूर्वप्रधानमन्त्री खान अस्पतालबाट डिस्चार्ज

एक्सप्रेस पाना
कार्तिक २१, २०७९ सोमबार
  • 300
    SHARES
  • पाकिस्तानी पूर्वप्रधानमन्त्री खान अस्पतालबाट डिस्चार्ज

    काठमाडौँ । चुनावी र्‍यालीमा गोली लागेर घाइते भएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । उनको खुट्टामा गोली लागेको थियो । उनीमाथि हत्या प्रयास भएको खानको पाकिस्तान तेइरिक ए–इन्साफले जनाएको छ ।

    images


    ७० वर्षीय खानमाथि बिहीबार पूर्वीसहर वजिराबादमा बाक्लो भीडमा एक राजनीतिक कार्यक्रममा गोली प्रहार भएको थियो । गत अप्रिलमा सत्ताच्युत भएसँगै राजनीतिक सरगर्मी बढेको पाकिस्तानमा उनीमाथि गोली प्रहार भएपछि थप अस्थिरता बढ्ने संकेत गरिएको छ ।