सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनचाँदीको मूल्य बढ्यो

एक्सप्रेस पाना
कार्तिक २३, २०७९ बुधबार
  • 221
    SHARES
  • सुनचाँदीको मूल्य बढ्यो

    सुनको मूल्य एकैदिन एक हजार ४०० रुपैयाँले बढेको छ । मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images

    मंगलबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार बढेर प्रतितोला ९५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला ३०० रुपैयाँले घटेको थियो । महासंघका अनुसार बुधबार तेजाबी सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

    यस्तै चाँदीको मूल्य पनि बढेको छ ।  मंगलबार प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलामा ३० रुपैयाँले बढेर प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।