आइतबार, कार्तिक १६ गते २०८३
images
images

अमेरिकामा मतगणना जारीः तीव्र छ टक्कर

एक्सप्रेस पाना
कार्तिक २४, २०७९ बिहीबार
  • 316
    SHARES
  • अमेरिकामा मतगणना जारीः  तीव्र छ टक्कर

    काठमाडौं । अमेरिकामा गत मंगलबार भएको संसदीय निर्वाचनको मतगणनाको प्रारम्भिक नतिजाले विपक्षी रिपब्लिकनले कंग्रेसमा नियन्त्रण गर्ने संकेत गरेकोमा परिणाम घोषणा हुँदै जाँदा रिपब्लिकनहरुले मत सर्वेक्षणहरूले देखाए जस्तो भारी बहुमत नपाउने प्रष्ट भएको छ । यद्यपि तल्लो सदन प्रतिनिधिसभा भने विपक्षी रिपब्लिनकनको स्पष्ट बहुमत पुग्ने देखिएको छ ।

    images

    अहिलेसम्म घोषित परिणाममा ४३५ सदस्यीय प्रतिनिधिसभामा रिपब्लिकनले २०७ सिट जितेका छन् भने सत्तारुढ डेमोक्रेट्सले १७८ सिट जितेका छन् । प्रतिनिधिसभामा २१८ सिटले बहुमत पुग्दछ । माथिल्लो सदन सिनेटमा अहिलेसम्म रिपब्लिकनले ४९ सिट पुगेको छ भने डेमोक्रेट्सको ४८ सिट पुगेको छ ।

    जर्जिया, नेभेदा र एरिजोनामा जसले जित निकाल्छ उही दलको सिनेटमा बहुमत पुग्ने छ । संसदीय चुनावमा जुन हिसाबले रिपब्लिकनको लहर चल्ने अनुमान गरिएको थियो त्यो नहुँदा राष्ट्रपति जो बाइडेनलाई भने राहत मिलेको विश्लेषण गरिएको छ ।

    images