आइतबार, कार्तिक १६ गते २०८३
images
images

मेटाले किन निकाल्यो ११ हजार कर्मचारी ?

एक्सप्रेस पाना
कार्तिक २४, २०७९ बिहीबार
  • 316
    SHARES
  • मेटाले किन निकाल्यो ११ हजार कर्मचारी ?

    काठमाडौं । विश्व प्रसिद्ध सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप र इन्सटाग्रामको सञ्चालन गर्दै आएको मेटा कम्पनीले ११ हजार कर्मचारीलाई निलम्बित गरेको छ ।

    images

    कम्पनीको गत १८ वर्षको इतिहासमा यति ठूलो संख्यामा कर्मचारीलाई निकालिएको यो पहिलो पटक हो । केही गलत निर्णयका कारण कम्पनीको राजश्व घटेकाले उक्त संख्यामा कर्मचारीलाई निलम्बित गरिएको सिईओ मार्क जुकरवर्गको भनाइ छ ।

    मार्कले उक्त निर्णयको जिम्मेवारी आफूले लिँदै प्रभावित कर्मचारीसँग क्षमायाचना समेत गरेका छन् ।

    images