सोमबार, कार्तिक १७ गते २०८३
images
images

बढ्यो सुनको मूल्य

एक्सप्रेस पाना
कार्तिक २७, २०७९ आइतबार
  • 235
    SHARES
  • बढ्यो सुनको मूल्य

    आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । गत शुक्रबार प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार ६ सय रुपैयाँले बढ्दै ९७ हजार ३ सय रुपैयाँ कायम भएको हो ।

    images

    यस्तै तेजाबी सुनको मूल्य पनि गत शुक्रबारको मूल्यमा ६ सय रुपैयाँले नै बढ्दै ९६ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले मात्र बढ्दै आज एक हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।