सोमबार, कार्तिक १७ गते २०८३
images
images

२१ अंकले बढ्यो नेप्से

एक्सप्रेस पाना
कार्तिक २८, २०७९ सोमबार
  • 207
    SHARES
  • २१ अंकले बढ्यो नेप्से

    साताको दोस्रो कारोबार दिन (सोमबार) शेयर बजार बढेर बन्द भएको छ । पछिल्लो ५ कारोबार दिनदेखि ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बढेको हो।

    images

    यस दिन नेप्से परिसूचक २१.२६ अंक बढेर १९०४.४३ विन्दुमा बन्द भएको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.५० अंक बढेको छ भने फ्लोट इण्डेक्स १.३० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४९ अंक बढेको छ।

    नेप्सेसँग यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन ७७ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २२६ स्टकको १७ हजार ७६५ पटकको कारोबारमा ९४ करोड ६० लाख ८९ हजार रुपैयाँ बराबरको २४ लाख ५२ हजार कित्ता शेयर कारोबार भएको छ।

    images

    यस दिन तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य सर्वाधिक ९.८४ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य ८.३९ प्रतिशत बढेको छ भने बुद्धभुमि नेपाल हाइड्रोपावर र रिभरफल्स पावरको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। यता लक्ष्मी इक्विटी फण्डको इकाईमूल्य यस दिन सर्वाधिक साढे ६ प्रतिशत घटेको छ।

    कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन हिमालयन डिष्टिलरीको करिब ९ करोडको शेयर कारोबार भएको छ भने ङादी ग्रुपको करिब ८ करोडको शेयर किनबेच भएको छ।

    यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.१३ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने लगानी र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।