सोमबार, कार्तिक १७ गते २०८३
images
images

बढ्यो सुनको मूल्य

एक्सप्रेस पाना
कार्तिक २९, २०७९ मंगलबार
  • 196
    SHARES
  • बढ्यो सुनको मूल्य

    काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजारले बढेको छ ।

    images

    सोमबार प्रतितोला ९७ हजार दुई सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९८ हजार दुई सय तोकिएको हो । 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार सात सय छ ।

    images

    यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार सात सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा  प्रतितोला रु ३०ले बढेर रु एक हजार तीन सय २५ पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ ।