सोमबार, कार्तिक १७ गते २०८३
images
images

६ अंकले घट्यो नेप्से

एक्सप्रेस पाना
कार्तिक २९, २०७९ मंगलबार
  • 195
    SHARES
  • ६ अंकले घट्यो नेप्से

    सेयर बजार सूचक नेप्सेमा ६ अंकमाथिको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक ६.५९ अंकले घट्दै १८९७.८६ बिन्दुमा झरेको हो । 

    images

    तर, यता कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा बढोन्नती आएको छ । आज ६ अंकले बढेको बढेको बजारमा १ अर्ब २ करोड ३६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिन २१ अंकले नेप्से बढ्दा ९४ करोड ६० लाख ५९ हजार रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको थियो ।

    आज बैंकिङ र इन्भेष्टमेन्ट समूह बाहेकका अन्य ११ वटा उपसूचक ऋणात्मक भएका छन् । फाइनान्स समूहको उपसूचक १.६१ प्रतिशतले ऋणात्मक भएको छ भने डेभलपमेन्ट बैंक समूहको उपसूचक १.३२ प्रतिशतले र म्यानु एण्ड प्रो समूहको उपसूचक १।२७ प्रतिशतले ऋणात्मक भएका छन् । अन्य समूहका उपसूचकहरू १ प्रतिशत कमले घटेका छन् । 

    images

    यस दिन हिमालयन डिस्टिलरी लिमिटेडको अधिकतम ८ करोड २२ लाख ३४ हजार ६७५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने सबैभन्दा बढी गरिमा विकास बैंक लिमिटेडको १ लाख ५ हजार ५८२ कित्ता प्रमोटर सेयर कारोबार भएको छ ।