सोमबार, कार्तिक १७ गते २०८३
images
images

तीन महिनामै कमायो सिद्धार्थ इन्स्योरेन्सले ५ करोड नाफा

एक्सप्रेस पाना
मंसिर १, २०७९ बिहीबार
  • 202
    SHARES
  • तीन महिनामै कमायो सिद्धार्थ इन्स्योरेन्सले ५ करोड नाफा

    सिद्धार्थ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नै ५ करोडभन्दा बढी नाफा कमाउन सफल भएको छ । कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरणमा ५ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको उल्लेख गरेको छ ।

    images

    नाफा कमाए पनि अघिल्लो वर्षको सोही अवधिको भन्दा यो वर्षको नाफा कम नै देखिन्छ । अघिल्लो आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ५ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । अर्थात् अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफामा ५।६५ प्रतिशतले ह्रास आएको हो ।  

    कम्पनीको खुद बीमाशुल्क भने ३०.१५ प्रतिशतले बढेर ३९ करोड ८२ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ३० करोड ५९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

    images

    चुक्ता पुँजी १ अर्ब २८ करोड ८० लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २४ करोड २७ लाख रुपैयाँ, बीमा कोषमा १ अर्ब २० करोड ९९ लाख रुपैयाँ र महाबिपत्ति कोषमा ९ करोड ७६ लाख रुपैयाँ सञ्चित छ ।

  • सम्बन्धित विषय:

  • # Siddrtha inc