सोमबार, कार्तिक १७ गते २०८३
images
images

एनएमबि बैंकले ॠणपत्र निष्कासन गर्ने

एक्सप्रेस पाना
मंसिर २, २०७९ शुक्रबार
  • 236
    SHARES
  • एनएमबि बैंकले ॠणपत्र निष्कासन गर्ने

    एनएमबि बैंक लिमिटेडले ॠणपत्र निष्कासन गर्ने भएकाे छ । बैंकले ॠणपत्र निष्कासन गर्ने प्रयाेजनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेकाे छ । 

    images

    बैंकले “एनएमबि डिबेञ्चर २०८९/९०” काे नाममा वार्षिक १०.७५ प्रतिशत व्याजदर भएकाे १० वर्ष अवधिकाे लागि प्रतिकित्ता १००० मूल्य अंकित दरकाे ४ अर्ब रूपैयाँ बराबरकाे ४० लाख कित्ता डिबेञ्चर निष्कासन गर्न सेबाेनमा निवेदन दिएकाे हाे । जसमध्ये बैंकले सर्वसाधारणका लागि १६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई २४ लाख कित्ता बिक्री गर्नेछ । 

    बैंकले ॠणपत्र निष्कासन गर्न निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

    images