सोमबार, कार्तिक १७ गते २०८३
images
images

एन आई सी एशिया बैंकमा Video KYC (V-KYC) बाटै ग्राहकको KYC अद्यावधिक गर्न सकिने

एक्सप्रेस पाना
मंसिर २, २०७९ शुक्रबार
  • 297
    SHARES
  • एन आई सी एशिया बैंकमा Video KYC (V-KYC) बाटै ग्राहकको KYC अद्यावधिक गर्न सकिने

    ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिकरुपले डिजिटल माध्यमबाट प्रदान गर्ने अठोट लिएको एन आई सी एशिया बैंकमा Video KYC (V-KYC) बाटै ग्राहकहरूको KYC विवरण अद्यावधिक गर्न सकिने भएको छ ।

    images

    घर वा अफिसबाटै आफ्नो खाताको KYC विवरण अद्यावधिक गर्न सकिने यस नवीन सुविधाको प्रयोग गर्न ग्राहक महानुभावहरूले बैंकको वेबसाइट www.nicasiabank.com मा रहेको Online Application ट्याब गरी e-KYC छनौट गरी आफ्नो खाता नम्बर तथा KYC अद्यावधिकको कारण उल्लेख गरी OTP प्राप्त गर्ने एसएमएस वा इमेल वा दुबै विकल्प छनौट गरी Submit गर्नुपर्नेछ ।

    त्यसपछि ग्राहक महानुभावहरूले आफ्नो व्यक्तिगत विवरणहरू भरी अनुकुल समयमा Video Call मार्फत KYC विवरण बैंकलाई उपलब्ध गराउन सक्नुहुनेछ वा बैंकिङ्ग समयमा Video Call को लागि Appointment Book गरी सो समयमा KYC विवरण अद्यावधिक गर्न सकिनेछ। बैंकले यसअघि अनलाईन खाता खोल्ने ग्राहक महानुभावहरूको लागि अनलाईनबाट उक्त विवरण अद्यावधिक गर्न सकिने Video KYC सेवाको सुरुवात गरिसकेको छ ।

    images

    ग्राहकहरूले V-KYC को लागि Call गर्दा आफ्नो पहिचान खुल्ने कुनै एक पहिचान पत्र (नागरिकता/पासपोर्ट/ड्राइभिङ लाइसेन्स/मतदाता परिचय पत्र) तथा सेतो कागज र कालो/निलो मसी भएको पेन आफूसँग राखी बैंक कर्मचारीले माग गरे बमोजिमका विवरण तथा कागजात उक्त Video Call मार्फत देखाउनु पर्छ । यसरी V-KYC मार्फत KYC विवरण अद्यावधिक गरे पश्चात् ग्राहक महानुभावहरूले आफ्नो बैंक खाता पूर्ण रुपमा सञ्चालन गर्न सक्नुहुनेछ ।

    स्वदेश वा विदेशमा रहनुभएका ग्राहक महानुभावहरूलाई Video Call को माध्यमबाट ग्राहक पहिचान सम्बन्धी विवरण अद्यावधिक सहज रुपमा गर्न सकिने हुँदा यसबाट ग्राहक महानुभावहरूलाई उक्त सेवा लिन बैंकको शाखा कार्यालयसम्म भौतिकरुपमा उपस्थिति हुनुपर्ने झन्झबाट मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ ।

    एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जाल विस्तार गरेको बैंक हो । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०३ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।

    देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ । देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत

    आर्थिक वर्षमा रू.३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन बैंक सफल भएको छ । जुन समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ ।

    वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।