आइतबार, कार्तिक १६ गते २०८३
images
images

चीनको एक व्यापारिक फार्ममा आगलागी- ३८ जनाको मृत्यु

एक्सप्रेस पाना
मंसिर ६, २०७९ मंगलबार
  • 216
    SHARES
  • चीनको एक व्यापारिक फार्ममा आगलागी- ३८ जनाको मृत्यु

    चीनको एक व्यापारिक फार्ममा भएको आगलागीमा परेर मृत्यु हुने व्यक्तिको सङ्ख्या ३८ पुगेको सरकारी अधिकारीले मङ्गलबार जानकारी दिएको छ । मध्य चीनको हेनान प्रान्तमा रहेको एन्यान सहरमा अवस्थित एक व्यापारिक फार्ममा आगलागी भएको बताइएको छ ।  

    images

    सामान्य रुपमा घाइते भएका दुई जना उपचारको लागि अस्पताल लगिएको जनाइएको छ । सोमबार ४ः२२ बजे अपराह्न त्यहाँ आगलागी शुरु भएको प्रहरीले जनाएको छ ।

    यहाँ ठूलो सङ्ख्याका प्रहरी तथा उद्धारकर्मीहरुले उद्धारको काम गरिरहेका पनि बताइएको छ ।

    images

    स्थानीय अधिकारीहरूले दुइ  सय ४० जना व्यक्ति र ६३ सवारी साधनहरू उद्धारकार्यमा सामेल हुन पठाएका र मध्यरातमा आगो निभाइएको बताइएको छ ।

    यस फार्ममा के कति कारणले आगलागी भएको हो भन्ने बारेमा भने केही बताइएको छैन । प्रहरीले सो फार्ममा रहेका दुई जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ ।