आइतबार, कार्तिक १६ गते २०८३
images
images

इन्डोनेसियामा भूकम्प अपडेट: अहिलेसम्म २६८ को मृत्यु

एक्सप्रेस पाना
मंसिर ७, २०७९ बुधबार
  • 278
    SHARES
  • इन्डोनेसियामा भूकम्प अपडेट: अहिलेसम्म २६८ को मृत्यु

    काठमाडौँ । इन्डोनेसियाको जाभा टापुमा गएको ठूलो भूकम्पमा परी ज्यान गुमाउने र घाइते हुनेमा धेरैजसो बालबालिका रहेको उद्धारकर्ताहरूले बताएका छन् । भूकम्पमा परेर अहिलेसम्म २६८ जनाको मृत्यु भएको छ भने १ हजार जनाभन्दा बढी घाइते भएका छन् ।

    images

    भूकम्पपछि १५१ जना अझै हराइरहेका राष्ट्रिय प्रकोप न्यूनीकरण एजेन्सीले जनाएको छ । भूकम्पका कारण २२ हजार घरमा क्षति पुगेको र प्रभावित क्षेत्रका ५८ हजारभन्दा बढीलाई सुरक्षित क्षेत्रमा लगिएको थियो ।

    सोमबार जाभाको पहाडी क्षेत्रमा ५ दशमलब ६ म्याग्नेच्यिुडको भूकम्प गएको थियो । पश्चिम जाभा प्रान्तको सियानजुर सहर नजिकको गाउँ नै पुरिएको थियो ।

    images