सोमबार, कार्तिक १७ गते २०८३
images
images

सनसिल्क दशैं भाइब्स -२ प्रतियोगीताका विजेताहरुको घोषणा

एक्सप्रेस पाना
मंसिर ८, २०७९ बिहीबार
  • 211
    SHARES
  • सनसिल्क दशैं भाइब्स -२ प्रतियोगीताका विजेताहरुको घोषणा

    सनसिल्क दशैं भाइब्स २ प्रतियोगीताका विजेताहरुको घोषणा भएको छ । सनसिल्क नेपालले महान चाड दशैं २०२१ को अवसर पारेर एक डिजिटल कन्टेस्ट “सनसिल्क दशैं भाइब्स” संचालन गरेको थियो । 

    images

    जसमा प्रतियोगीहरुले आफ्नो राम्रो हेयरस्टाइल र दशैं भाइब्स प्रदर्शन गरि सहभागी हुन सक्ने सक्ने प्रवाधान थियो । अभियानलाई ६० मिलियनभन्दा बढीको भ्युज प्राप्त भएको थियो भनें २८०० भन्दा बढी प्रतियोगीहरुले आ-आफ्नो सुन्दर हेयर स्टाइलका साथ दशैं भाइब्स प्रदर्शन गरेर अभियानर्ले उल्लेख्य सफलता हासिल गरेको थियो । 

    प्रतियोगीताका विजेताहरुलाई सनसिल्कको सीमित “दशैं प्याक” संस्करणमा प्रस्तुत हुने विशेष अवसर प्रदान गरिएको थियो यस प्रकारको योजना नेपालमा पहिलो पटक सुरु गरिएको हो । यी प्याकहरुको माध्यमबाट सनसिल्क ग्याङ्ग अफ गल्र्स हजारौं नेपाली परिवारहरू सम्म पुगेको छन् ।

    images

    युनिलिभर नेपालका प्रबन्ध निर्देशक श्री अम्लान मुखर्जीका अनुसार “नेपालमा देशभर बिक्री हुने एवं लाखौं ग्राहकहरुको रोजाइ बनेको सनसिल्क निःसन्देह नेपालको सबैभन्दा ठूलो सौन्दर्य ब्राण्ड हो । गत वर्ष सन् २०२१ को दशैं पर्वको दौरानमा आयोजित दशैं भाइब्स प्रतियोगीताको विजेताहरु सनसिल्क ग्याङ्ग अफ गल्र्सलाई प्रस्तुत गर्न पाउँदा हामी अत्यन्त हर्षित भएका छौं, र प्रतियोगीताले आफैमा एक अभूतपूर्व सफलता हासिल पनि गरेको थियो ।

    सनसिल्क विश्वास गर्दछ कि जब युवतीहरुले सम्भावनाहरुलाई व्यापक बनाउन पाउँछन् तब उनीहरु जीवन मा अगि बड्दछन र हामीले उनीहरुलाई उनीहरुको सुन्दर कपालको प्रदर्शन गर्ने अवसर प्रदान गरेर सनसिल्क ब्राण्डको प्याकमा आफूलाई प्रस्तुत गर्ने सुनौलो मौका प्रदान गरेका थियौं । हामी विश्वास गर्दछौ कि सुन्दरता सरल हुन्छ र धेरै माध्यमबाट कैद गर्न सकिन्छ। हामी हाम्रा ब्राण्डहरुलाई हाम्रा उपभोक्ताहरुसंगसंगै
    स्थानीय चाडबाडहरु र संस्कृतिहरुसंग पनि जोड्न चाहन्छौ । सनसिल्क दशैं भाइब्स र सनसिल्क ग्याङ्ग अफ गल्र्स हाम्रो त्यस्तै प्रयासहरुमध्ये एक हो ।”

    सिजन १ मा प्राप्त सफलतालाई निरन्तरता दिँदै सेप्टेम्बर १, २०२२ मा “डबल सेलिब्रेशन” नाराका साथ सनसिल्क दशैं भाइब्स २ संचालन गरिएको थियो । जुन प्रतियोगीतामा सहभागी बन्न सहभागीहरुले उनीहरुको राम्रो हेयरस्टाइलहरुका साथ दशैं भाइब्स प्रदर्शन गरेको फोटो वा भिडियो पठाउनु पर्ने थियो । सहभागीहरु मध्ये ३ जना विजेतालाई लाख नगद पुरस्कारका साथै प्रिन्सी र प्रिज्मासंग सनसिल्क ग्याङ्ग अफ गल्र्सको नेतृत्व गर्ने र सनसिल्कको प्याकहरुमा प्रस्तुत हुने अवसर दिइएको थियो ।

    यी विजेताहरुको चयनको लागि प्रख्यात व्यक्तित्वहरु नायिका वर्षा राउत, गायिका मेलिना राई र केश विज्ञ स्वस्तिका राजभण्डारी रहनु भएको एक निर्णायक मण्डली बनाइएको थियो । दोस्रो संस्करणको सफलतामा ३७३२ प्रविष्टीहरु प्राप्त भएका थिए, जसलाई डिजिटल प्रचारात्मक सामग्रीहरु एवं प्रत्यक्ष क्रियाकलापहरुको साथ समर्थन रहेको थियो । यस अभियानले टिकटकमा ६६ मिलियनभन्दा धेरै र अन्य सबै डिजिटल माध्यमहरुमा १०० मिलियन भन्दा बढी भ्युज पाउन सफल भएको छ ।

    सम्भवतः, यो नेपालको सबैभन्दा विशाल डिजिटल प्रचार अभियान हो भन्न सकिन्छ । आधुनिक प्रविधिहरु, डिजिटलाइजेसनका साथमा विश्व अगाडी बढीरहेको सन्दर्भमा नेपाल पनि त्यसबाट पनि अघि बढ्नु पर्छ । सनसिल्क नेपालले तीव्र गतिमा परिवर्तन भैरहेको वातावरणतर्फ आफूलाई अनुकूलन बनाउँदै लगेको छ र डिजिटलाइजेसनमार्फत् सफलता प्राप्त गर्ने एक ब्राण्ड बनेको छ । सनसिल्क दशैं भाइब्स २ को अन्तिम चरणको कार्यक्रम २३ नोभेम्बर, २०२२ मा होटल र्‍याडिसनमा आयोजना गरिएको थियो, जुन कार्यक्रममा सुमित्रा मौराती, प्रिन्सिका श्रेष्ठ र सनिषा भट्टराई विजेता घोषणा गरिएका थियो । प्रत्येक विजेताले १,००,००० का दरले नगद पुरस्कार प्राप्त गरेका छन् । साथै उनीहरुले ब्राण्ड एम्बेसडर प्रिन्सी र प्रिज्मासंगै १ वर्षको लागि सनसिल्क ग्याङ्ग अफ गल्र्स बनेर अर्को वर्ष सनसिल्कको प्याकहरुमा प्रदर्शित हुने अवसर पनि प्राप्त गरेका छन् ।