सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनचाँदीको मुल्य घट्यो

एक्सप्रेस पाना
मंसिर १२, २०७९ सोमबार
  • 212
    SHARES
  • सुनचाँदीको मुल्य घट्यो

    काठमाडौं । सोमबार सुनको मूल्य प्रति तोला तीन सय रुपैयाँले घटेको छ । बिहीबारदेखि आइतबारसम्म स्थिर रहेको सुनको भाउ सोमबार आइपुग्दा घटेको हो । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा ९७ हजार पाँच सय रुपैयाँमा किनबेच भएको छ । आइतबार यो ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

    सुनसँगै चाँदी पनि सस्तिएको छ । आइतबारको तुलनामा चाँदी तोलामा १० रुपैयाँ सस्तो भएको हो । महासंघका अनुसार सोमबार चाँदी तोलामा एक हजार दुई सय ८५ रुपैयाँ कायम भएको छ । आइतबार यसको मूल्य एक हजार दुई सय ९५ रुपैयाँ पुगेको थियो । 

    images