सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुपर मादी हाइड्रोपावरले २० मंसिरदेखि आईपीओ निष्काशन गर्ने

एक्सप्रेस पाना
मंसिर १३, २०७९ मंगलबार
  • 367
    SHARES
  • सुपर मादी हाइड्रोपावरले २० मंसिरदेखि आईपीओ निष्काशन गर्ने

    मंसिर २० गतेदेखि सुपर मादी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

    images

    कम्पनीले जारी पूँजीको १५ प्रतिशत अथार्त ३१ करोड ५० लाख रुपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो। सोमध्ये आयोजना अति प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं. १ र २ का स्थानीय बासिन्दाहरुको लागि ३ लाख १५ हजार कित्ता, आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाका अन्य वडा नं ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ तथा पोखरा महानगरपालिका वडा नं. २६, २७ र २८ का स्थानीय बासिन्दाहरुको लागि ७ लाख ३५ हजार कित्ता निष्काशन गर्न लागेको हो।

    त्यसैगरी, कम्पनीले सर्वसाधारणलाई निष्काशन हुने २१ लाख कित्ताको १० प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।

    images

    आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले पुस ५ गतेसम्म सो शेयरका लागि आवेदन दिन सक्नेन्। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा आवेदन दिने म्याद पुर २० गते सम्म लम्बिनेछ। सो शेयरमा न्यूनतम १० कित्ता देखि ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ।

    त्यसैगरी, वैदेशिक रोजगारमा रहेकाहरुले कम्पनीको आईपीओमा पुस ५ गतेसम्म आवेदन दिन सक्नेछन्। सो शेयरमा न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।