सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनको मूल्य बढ्यो

एक्सप्रेस पाना
मंसिर १४, २०७९ बुधबार
  • 190
    SHARES
  • सुनको मूल्य बढ्यो

    काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला दुई सयले बढेको छ ।

    images

    मङ्गलबार प्रतितोला रु ९७ हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९७ हजार छ सय तोकिएको हो । 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार एक सय छ ।यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार नौ सय थियो । त्यस्तै, चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला रु पाँचले बढेर रु एक हजार दुई सय ९० पुगेको महासङ्घले जनाएको छ ।

    images