सोमबार, कार्तिक १७ गते २०८३
images
images

नेपाल टेलिकमले ल्यायो रिचार्ज कार्डमा बोनस डाटा अफर

एक्सप्रेस पाना
मंसिर १९, २०७९ सोमबार
  • 224
    SHARES
  • नेपाल टेलिकमले ल्यायो रिचार्ज कार्डमा बोनस डाटा अफर

    नेपाल टेलिकमले आफ्नो कम्पनीका रिचार्ज कार्डबाट आफ्नो मोबाइल रिचार्ज गरेवापत ग्राहकहरुलाई बोनस डाटा उपलब्ध गराउने भएको छ ।

    images

    ग्राहकले दुई सय, पाँच सय तथा एक हजार रुपैयाँ दरका रिचार्ज कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गर्दा कम्पनीले उक्त अफर उपलब्ध गराउने भएको हो ।

    दुई सय रुपैयाँको रिचार्ज कार्ड प्रयोग गर्दा यस वापत एक दिन प्रयोग गर्न सकिने एक जीबी डाटा तथा पाँच सय रुपैयाँको रिचार्ज कार्ड प्रयोग गर्दा यस वापत ४ दिनसम्म प्रयोग गर्न सकिने ४ जीबी डाटा उपलब्ध हुनेछ ।

    images

    त्यसैगरी एक हजार रुपैयाँको रिचार्ज कार्ड प्रयोग गर्दा यस वापत १० दिनसम्म प्रयोग गर्न सकिने १० जीबी डाटा वोनस स्वरुप प्राप्त हुनेछ ।

    यो अफर २०७९ मंसिर २० देखि आगामी पुस १९ गतेसम्म जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुका लागि उपलब्ध हुनेछ । यस अफरबाट ग्राहकहरुले उल्लेख्य लाभ प्राप्त गर्ने अपेक्षा कम्पनीले राखेको नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीद्वारा विज्ञप्तीमा उल्लेख छ ।