काठमाडौँ । इन्डोनेसियाको संसदले विवाहपूर्व यौनसम्पर्कलाई प्रतिबन्ध लगाउने विधेयकमा हस्ताक्षर गरेको छ । अर्थात् अब विवाहअघि कसैसँग शारीरिक सम्बन्ध राख्नु गैरकानुनी र अपराध मानिनेछ ।
कानुनअनुसार श्रीमान्श्री-मतीले मात्रै शारीरिक सम्बन्ध राख्न पाउनेछन् । अर्कोतर्फ विवाहित जोडीले आफ्नो पार्टनर बाहेक अरुसँग शारीरिक सम्बन्ध राखेमा त्यो पनि अपराधको दायरामा पर्नेछ ।
पहिलो अवस्थामा अभिभावकले छोराछोरीविरुद्ध उजुरी दिएपछि अविवाहितलाई कारबाही गरिने छ । अर्कोतर्फ, विवाहित जोडीको हकमा महिला वा पुरुषले आफ्नो पार्टनर विरुद्ध मुद्दा दायर गर्दा कारबाही हुनेछ ।
कानून बमोजिम अदालतमा मुद्दा चल्नुअघि नै उजुरी फिर्ता लिन सकिने भए पनि सुनुवाइ सुरु भएपछि कानुनबमोजिम कारबाही हुने व्यवस्था गरिएको छ । नियम उल्लंघन गर्नेलाई एक वर्ष कैद र जरिवाना पनि हुनसक्छ ।
इन्डोनेसियामा करिब तीन वर्षअघि सरकारले यो कानुन लागू गर्ने तयारी गरेको थियो तर हजारौं मानिस सडकमा उत्रिएर विरोधमा उत्रिएका थिए । यो कानुनलाई अभिव्यक्ति स्वतन्त्रताको हनन भएको बताए । त्यसबेला स्थितिको गम्भीरता देखेर सरकारले आफ्नो कदम फिर्ता लिएको थियो ।
.jpg)


