सोमबार, कार्तिक १७ गते २०८३
images
images

साढे १६ अंकले घट्यो नेप्से

एक्सप्रेस पाना
मंसिर २१, २०७९ बुधबार
  • 258
    SHARES
  • साढे १६ अंकले घट्यो नेप्से

    धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बुधबार १६.६१ अंकले घटेको छ । नेप्से परिसूचक घटे पनि कारोबार रकममा वृद्धि भएको छ । यस दिन एक अर्ब ६५ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

    images

    मंगलबार ९६ करोड ५२ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो । सो तुलनामा आज ६८ करोड ९४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो ।

    बुधबार नेप्से परिसूचक ०.८६ प्रतिशतले घटेर १९१७.२८ विन्दुमा बन्द भएको छ  ।सेन्सेटिभ इन्डेक्स पनि १.१७ प्रतिशत घटेर ३७३.६४ विन्दु कायम भएको छ ।

    images

    यस दिन नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य सर्वाधिक घटेको छ । यो कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले घटेर ७७९ रुपैयाँ ३० पैसा कायम भएको छ । ग्लोबल आइएमई बैंकको सेयर मूल्य पनि ९.२९ प्रतिशत घटेर प्रतिकित्ता २२१ रुपैयाँ ४० पैसा कायम भएको छ ।

    सर्वाधिक सेयर मूल्य वृद्धि खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको भएको छ । यो कम्पनीको सेयर मूल्य ६.०९ प्रतिशतले वृद्धि भएको छ । सर्वाधिक रकमको सेयर खरिद-बिक्री सानिमा बैंकको संस्थापकतर्फको भएको छ । यो कम्पनीको ६७ करोड दुई लाख रुपैयाँको सेयर खरिद-बिक्री भएको छ ।

    बुधबार २४६ धितोपत्रको ८० लाख ९२ हजार ७१९ कित्ता खरिद–बिक्री भएको छ । कारोबारमा आएका १३ मध्ये होटेल तथा पर्यटन समूहको परिसूचक बढेको छ । बाँकी सबै समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा बैंकिङ समूह छ । यो समूहको परिसूचक १.२८ प्रतिशत घटेको छ ।