आइतबार, कार्तिक १६ गते २०८३
images
images

बङ्लादेशमा सेप्टेम्बर १२ देखि विद्यालय पुनः सञ्चालन गरिने

एक्सप्रेस पाना
भाद्र १९, २०७८ शनिबार
  • 220
    SHARES
  • बङ्लादेशमा सेप्टेम्बर १२ देखि विद्यालय पुनः सञ्चालन गरिने

    एजेन्सी ।बङ्लादेशमा लामो समयदेखि बन्द रहेको विद्यालय तथा क्याम्पस आगामी सेप्टेम्बर १२ देखि पूनःसञ्चालन गरिने भएको छ । 

    images

     बङ्लादेश सरकारले विद्यालय तथा क्याम्पस पूनःसञ्चालन गर्ने घोषणा गर्दै त्यसका लागि तयारीसमेत गर्न सरोकारवाला सबैलाई आह्वान गरेको छ ।

     कोरोनाभाइरसको महामारीका कारण बन्द भएका विद्यालय तथा क्याम्पस झण्डै १८ महिनापछि पुनः सञ्चालन हुने भएको अधिकारीले जनाएका छन् ।

    images

     बङ्लादेशका शिक्षा मन्त्री दिपु मोनीले विद्यालय खुल्ला गरिएपनि सबै विद्यार्थीको पठनपाठन भने अहिले नै नहुने स्पष्ट पार्नुभयो।  

     उहाँले शुक्रबार दिएको जानकारीअनुसार सुरुमा परिक्षा आउन लागेका विद्यार्थीको मात्रै पठन पाठन सुचारु गरिने भएको हो । 

     अन्य विद्यार्थीलाई भने भीडभाड नहुनेगरी हप्तामा एक÷दुई दिन पढाउनेगरी व्यवस्था गर्न लागिएको पनि शिक्षा मन्त्री मोनीले जानकरी दिनुभयो । 

     उहाँले पढाइ हुने दिनको सङ्ख्या भने कोरोनाभाइरसको महामारीको अवस्था हेरेर बढाउदै लैजान सकिने पनि बताउनुभयो । बङ्लादेश सरकारले विश्वविद्यालय भने यसअघि अक्टोबर १५ देखि नै सञ्चलन गर्ने निर्णय गरेको थियो । 
     
     बङ्लादेशमा अघिल्लो वर्षको मार्चदेखि महामारी धेरै फैलिएको भन्दै विद्यालय बन्द गरिएको थियो । बन्द गर्ने म्याद थप्दै थप्दै यही सेप्टेम्बर ११ सम्म पुगेको छ । अव भने बन्द गर्ने म्याद नथपिने भएकले सेप्टेम्बर १२ देखि विद्यालय खुल्ला हुने भएका हुन ।