सोमबार, कार्तिक १७ गते २०८३
images
images

तोलामा चार सय रुपैयाँले बढ्यो सुनको मूल्य

एक्सप्रेस पाना
मंसिर २२, २०७९ बिहीबार
  • 185
    SHARES
  • तोलामा चार सय रुपैयाँले बढ्यो सुनको मूल्य

    नेपाली बजारमा सुनको मूल्य फेरि उकालो लागेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो।

    images

    बिहीबार छापावाला सुनको मूल्य तोलामा ९९ हजार ७०० रुपैयाँ र तेजाबी सुन ९९ हजार २०० रुपैयाँ कायम भएको छ।

    बुधबारको कारोबारमा सुनको मूल्य स्थिर रहेको थियो। सो दिन छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

    images

    बिहीबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ३६० रुपैयाँ कायम भएको छ। बुधबार चाँदी मूल्य स्थिर रहेको थियो । सो दिन चाँदी १ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।