भदौ १९ अछाम । नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले माधवकुमार नेपालले एकलौटी रूपमा नयाँ पार्टी दर्ता गरेको आरोप लगाएका छन्।
अछामका एमाले नेता कार्यकर्तासँग काठमाडौंमा आयोजित भेलालाई सम्बोधन गर्दै उनले पार्टी एकताको वातावरण बन्दै गर्दा नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गरेको आरोप लगाएका हुन् ।
माधव नेपाललाई पार्टीको दोस्रो अध्यक्ष बनाएरसमेत ओली एकता जोगाउन तयार भएको रावलले खुलासा गरे । उनले भने, ‘उहाँले नेपाललाई दोस्रो अध्यक्ष मान्न तयार हुनुभयो। वार्ताको वातावरण बनायौँ तर, हुन सकेन, पछि उहाँले अध्यक्ष बन्दिनँ भन्नुभयो।’
.jpg)


