आइतबार, कार्तिक १६ गते २०८३
images
images

फ्रान्समा १८ देखि २५ वर्षका युवालाई निःशुल्क कन्डम दिइने

एक्सप्रेस पाना
मंसिर २३, २०७९ शुक्रबार
  • 822
    SHARES
  • फ्रान्समा १८ देखि २५ वर्षका युवालाई निःशुल्क कन्डम दिइने

    फ्रान्सेले १८ देखि २५ वर्षका युवालाई निःशुल्क कन्डम दिने घोषणा गरेको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले नयाँ वर्षको सुरुवातदेखि नै औषधीका पसलमा कन्डम दिने घोषणा गरेका हुन् ।

    images

    समाचार एजेन्सी रोयटर्सका अनुसार म्याक्रोनले पत्रकार सम्मेलनमा भने, ‘जनवरी १ देखि १८ देखि २५ वर्ष उमेर समूहका सबै युवाहरूले फार्मेसी पसलहरूमा निःशुल्क कन्डम पाउन सक्नेछन् ।’

    यौनजन्य रोग फैलिन नदिन र अनिच्छित गर्भधारण हुन नदिन यो कदम चालिएको सरकारको भनाइ छ । डाक्टर वा मिडवाइफको प्रिस्क्रिप्शनमा कण्डम खरिद गर्दा लाग्ने खर्च फिर्ता पाउने व्यवस्था देशमा पहिले नै छ ।

    images

    यसै वर्ष फ्रान्स सरकारले १८ देखि २५ वर्ष उमेरका सबै महिलालाई निःशुल्क गर्भनिरोधक सुविधा लागू गरेको थियो । फ्रान्सका स्वास्थ्य अधिकारीहरूले सन् २०२० र २०२१ मा देशमा यौनजन्य रोगहरू फैलिने दर ३० प्रतिशत रहेको अनुमान गरेका छन् ।