आइतबार, कार्तिक १६ गते २०८३
images
images

बिहेमा आगलागी हुँदा ५ जनाको मृत्यु

एक्सप्रेस पाना
मंसिर २३, २०७९ शुक्रबार
  • 338
    SHARES
  • बिहेमा आगलागी हुँदा ५ जनाको मृत्यु

    बिहीबार एक घरमा विवाह समारोहमा आगलागी हुँदा पाँचजनाको मृत्यु भएको छ । भारतको राजस्थानस्थित जोधपुरको घटनामा ५५ जना घाइते भएको खबर बीबीसीले प्रकाशित गरेको छ ।

    images

    जोधपुरको शेरगढ थाना इलाकामा बिहिबार बेलुका चार सिलेन्डर फुट्दा ठूलो दुर्घटना भयो । हालसम्म पाँचजनाको मृत्यु भएको छ जबकी जोधपुरको जिल्ला अस्पतालमा जलेका ५५ जनाको उपचार जारी छ ।

    प्रहरी थाना शेरगढ प्रभारी देवेन्द्र सिंहले बीबीसी हिन्दीलाई दिएको जानकारी अनुसार शेरगढ थाना इलाकामा भुंगरा बस्ती छ, त्यहाँ एक परिवारमा युवतीको विवाहको कार्यक्रम थियो । यति नै बेला चार सिलिन्डर बिस्फोट भयो ।’

    images

    जोधपुर ग्रामिण एसपी अनिल कुमारले भने, ‘ग्यास लिक हुँदा सिलिन्डर ब्लास्ट भएका थिए । ५५ जना जलेका थिए जसलाई जोधपुरको एमबीएम अस्पतालमा भर्ना गरियो । पाँचजनाको मृत्यु भयो ।’

    उनले भने, ‘अस्पतालमा भर्ना भएका २५ जना गम्भीर छन् । उनीहरु ६० प्रतिशतभन्दा बढी जलेका छन् ।’

    समाचार एजेन्सी एएनआईले जोधपुरको जिल्लाधिकारी हिमांशु गुप्तालाई उद्धृत गर्दै ६० जना घाइते भएको जानकारी पाइएको थियो जसमध्ये ४२ जनालाई एमजीएच अस्पताल रिफर गरियो ।