आइतबार, कार्तिक १६ गते २०८३
images
images

आगामी निर्वाचनपछि नेकपा एमालेको सरकार बन्नेओलीको दाबी

एक्सप्रेस पाना
भाद्र १९, २०७८ शनिबार
  • 451
    SHARES
  • आगामी निर्वाचनपछि नेकपा एमालेको सरकार बन्नेओलीको दाबी

    भदौ १९ काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनपछि नेकपा एमालेको सरकार बन्ने दाबी गरेका छन् ।

    images

    राजधानीमा आज आयोजित काठमाडौं महानगरपालिका स्तरीय बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले नेकपा एमाले कसैसँग गठबन्धन गरेर होइन कि, विकास र राष्ट्रियताको पक्षमा गरेका कामले एक्लै चुनावमा गएर पनि सरकार बनाउन सक्षम रहेको बताए ।

    अध्यक्ष ओलीले चीन र नेपालबीच कुनै सीमा विवाद नरहेको दाबी गर्दै सरकारले हालै गठन गरेको समितिले चीनसँगको कुनै किसिमको सीमा विवाद देखाउन नसक्ने उल्लेख गरे ।

    images

    नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री ओलीले वर्तमान सरकारले राम्रा काम गर्न नसकिरहेको आरोप लगाउँदै आफ्नो नेतृत्वको सरकारले थुप्रै विकास निर्माणका कामहरू गरेको र त्यो कामहरू हरेक ठाउँबाट देखिनै रहेको बताए ।