सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनचाँदीको मूल्य बढ्यो

एक्सप्रेस पाना
मंसिर २५, २०७९ आइतबार
  • 218
    SHARES
  • सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई सयले बढेर रु एक लाख पाँच सय पुगेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख तीन सयमा कारोबार भएको थियो । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९९ हजार आठ सय थियो ।     

    त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला रु १० ले बढेर रु एक हजार चार सय पुगेको महासङ्घले जनाएको छ । 

    images

    किन हुन्छ सुन चाँदीको मूल्य घटबढ ?
    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिकरत्न शाक्यका अनुसार नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घटबढ हुनुमा अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा हुने उतारचढाव प्रमुख कारण रहेको बताउछन् । 

    “सुनचाँदीको अन्तर्राष्ट्रिय बजारको कारोबार मूल्य र डलरमा हुने घटबढका आधारमा नेपाली बजारमा सुनचाँदीको मूल्य तोकिने गरेको छ”, अध्यक्ष शाक्यले भने । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार सात सय ९७ दशमलव ३५ डलरमा कारोबार भइरहेको छ ।