आइतबार, कार्तिक १६ गते २०८३
images
images

सर्लाहीको ब्रह्मपुरीबाट पेस्तोलसहित एक जना पक्राउ

एक्सप्रेस पाना
भाद्र १९, २०७८ शनिबार
  • 270
    SHARES
  • सर्लाहीको ब्रह्मपुरीबाट पेस्तोलसहित एक जना पक्राउ

    सर्लाही, १९ भदौ-ब्रह्मपुरीस्थित नेपाल-भारत सिमानाबाट सशस्त्र प्रहरीको गस्ती टोलीले अबैध हतियारसहित एक किशोरलाई पक्राउ गरको छ ।

    images

    शुक्रबार साँझ ब्रह्मपुरी गाउँपालिका-४, काली मन्दिर नजिकैबाट प्रहरीले भारतको सीतामढी जिल्लाको सोनवर्षा ग्रामपञ्चायत-१, बस्ने अन्दाजी १७ वर्षका गोलुकुमार दासलाई हतियारसहित पक्राउ गरेको हो । दासको साथबाट सशस्त्र प्रहरी बलले एक थान कटुवा पेस्तोल बरामद् गरेको सशस्त्र प्रहरी बल १० नम्बर गणका गणपति एवं एसपी गंगाराम श्रेष्ठले जानकारी दिए । 

    सीमा सुरक्षा बल त्रिभुवन नगरबाट सशस्त्र प्रहरी नायव निरीक्षक कृष्ण अधिकारीको नेतृत्वमा खटिएको गस्ती टोलीले कटुवा पेस्तोलसहित किशोरलाई पक्राउ गरेको हो । उनलाई पेस्तोलसहित थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बुझाइएको एसपी श्रेष्ठले जानकारी दिए ।

    images