भदौ १९ काठमाडौं । गत बर्ष नेपाल सरकारले कोरोना महामारीको कारण भ्रमणमा बर्ष २०२० स्थगित गरेको थियो । जसको कारण भ्रमण बर्ष सफल हुन सकेन, त्यस्तै २०२१ सुरु भएदेखिको अहिलेसम्म झण्डै ६७ हजार विदेशी पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डले जनाएको छ । बितेको ८ महिनामा ६६ हजार नौ सय ६६ जना विदेशी पर्यटक नेपाल आएको बोर्डको डाटाले देखाएको छ ।
विश्वभर कोरोनाको त्रास रखे पनि नेपाल घुम्न आउने संख्या भने बढ्न थालेको छ । विशेष गरी धेरै जसो पर्यटक हिमाल आरोहण र हिमाली पदयात्राका लागि नेपाल आउने गरेको बोर्डका प्रवक्ता मणि लामिछानेले बताए ।
.jpg)

