आइतबार, कार्तिक १६ गते २०८३
images
images

हेलिकप्टरमा मेलम्ची र हेलम्बु पुगेका गृहमन्त्री खाँणले बुझे बाढीपहिरो प्रभावितको अवस्था

एक्सप्रेस पाना
भाद्र १९, २०७८ शनिबार
  • 172
    SHARES
  • हेलिकप्टरमा मेलम्ची र हेलम्बु पुगेका गृहमन्त्री खाँणले बुझे बाढीपहिरो प्रभावितको अवस्था

    सिन्धुपाल्चोक, १९ भदौ- शनिबार निरीक्षणका लागि हेलम्बु र मेलम्ची पुगेका गृहमन्त्री खाँणले पुल, घर, कार्यालयलगायत संरचना निर्माणमा जोड दिन आग्रह गरेका हुन् ।

    images

    प्राविधिक परीक्षण सम्पन्न भइसकेको छ । सरकारले तत्कालै बेलिब्रीजको निर्माण गरेर बाढीग्रस्त क्षेत्रसँगको टुटेको सम्पर्क पुर्नस्थापित गर्ने योजना बनाएको छु, गृहमन्त्री खाँणले भने । हेलिकप्टरबाट मेलम्ची नगरपालिकाको मेलम्ची बजार तथा हेलम्बु गाउँपालिकाको वडा नम्बर– २ गणेश बजार क्षेत्रको उनले निरीक्षण गरेका थिए ।

    गत असार १ र १६ गते  आएको  बाढीपहिरोले मेलम्ची, हेलम्बु र पाँचपोखरी गाउँपालिका क्षेत्रमा ठूलो धनजनको क्षेति पुर्‍याएको थियो । बाढीले ६ वटा मोटरेवल पक्की पुलमा क्षेति पुर्‍याउनुका साथै ठाउ-ठाउमा सडक बगाएको थियो । सो क्षेत्रमा अझै सहज रूपमा यातायात सञ्चालन हुन सकेको छैन ।

    images

    गृहमन्त्रीसहित  पूर्वमन्त्री मोहनबहादुर बस्नेत, योजना आयोगका उपाध्यक्ष डा। विश्व पौडेल, प्रदेशसभा सदस्य युवराज दुलाल, निमा लामा, गृहसचिव टेकनारायण पाण्डे, सडक विभागका महानिर्देशक अर्जुनजंग थापा, सिँचाई विभागका उपमहानिर्देशक प्रदीप थापा, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक अनिल पोखरेल र हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पालगायतको टोलीले सो क्षेत्रको निरीक्षण गरेको हो ।