आइतबार, कार्तिक १६ गते २०८३
images
images

आजको मौसम : राति प्रदेश १, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

एक्सप्रेस पाना
भाद्र २०, २०७८ आइतबार
  • 300
    SHARES
  • आजको मौसम : राति प्रदेश १, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

    काठमाडौं, २० भदौ-मौसम पूर्वानुमान महाशाखाका अनुसारआज आइतबार मुलुकका विभिन्न क्षेत्रमा वर्षाको आँकलन गरिएको छ । बिहान काठमाडौंको आकाश पनि धुम्म छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहेर केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    images

    राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

    सोमबार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको आँकलन गरिएको छ । सोमबार राति प्रदेश १, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना छ । 

    images