सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनको भाउ तोलाको ४ सयले घट्यो

एक्सप्रेस पाना
पौष १, २०७९ शुक्रबार
  • 212
    SHARES
  • सुनको भाउ तोलाको ४ सयले घट्यो

    मंसिर महिना सकिएसँगै नेपाली बजारमा सुनको मूल्य घट्न थालेको छ । 

    images

    मंसिर महिना बिहेको सिजन भएर माग बढी हुँदा नेपाली बजारमा सुनको मूल्य बढेर १ लाख नाघेको थियो । पुस लागेसँगै सुन घटेन थालेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४०० रुपैयाँले घटेको छ।

    आज छापावाल सुन तोलामा चार सयले घटेर ९९ लाख ९०० रुपैयाँमा कारोबार भएको छ । बिहीबार तोलाको एक लाख ३०० रुपैयाँमा कारोबार भएको थियो ।

    images

    तेजाकी सुन तोलाको ९९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ।