सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनको मूल्य एक लाख पाँच सय पुग्यो

एक्सप्रेस पाना
पौष ३, २०७९ आइतबार
  • 254
    SHARES
  • सुनको मूल्य एक लाख पाँच सय पुग्यो

    काठमाडौँ । साताको पहिलो दिन आज नेपाली सुनचाँदी बजारमा छापावाल सुनको कारोबार मूल्य प्रतितोला एक लाख पाँच सय तोकिएको छ । 

    images

    शुक्रबार दिन प्रतितोला ९९ हजार नौ सयमा कारोबार भएको यो सुनको मूल्य आज प्रतितोला छ सयले बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख छ । यसको मूल्य अघिल्लो दिन ९९ हजार चार सय थियो । 

    images

    त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा १० रुपैयाले वृद्धि भई प्रतितोला एक हजार तीन सय ८० पुगेको महासङ्घले जनाएको छ ।