आइतबार, कार्तिक १६ गते २०८३
images
images

नाइजेरियामा हैजाको प्रकोप, कम्तीमा २० जनाको मृत्यु

एक्सप्रेस पाना
पौष ४, २०७९ सोमबार
  • 241
    SHARES
  • नाइजेरियामा हैजाको प्रकोप, कम्तीमा २० जनाको मृत्यु

    नेपाल आयल निगमले स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्न आलटाल गरिरहेको छ। भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको हरेक १५/१५ दिनमा मूल्य समायोजन गरेर मूल्य सूची पठाउँछ। स्वचालित मूल्य प्रणाली भनेको मूल्य बढेर आए बढाउने घटेमा घटाउनु पर्ने हो। तर, नाइजेरियामा पछिल्ला केही महिनायता हैजाको प्रकोप बढेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । हैजाको प्रकोपमा परी यहाँका कम्तीमा पनि २० जनाको ज्यान गएको बताइएको छ ।

    images

    नाइजेरियाको दक्षिणी क्रस रिभर राज्यमा बढी मात्रामा हैजाको प्रकोप बढेको देखिएको र ज्यान जानेमा सोही राज्यका नागरिक बढी रहेका अधिकारीले बताएका छन्। ।

    यहाँको स्थानीय अबि क्षेत्रमा हैजाको प्रकोप बढी फैलिएकोले के कारणले यहाँ प्रकोप फैलियो भन्ने विषयमा सरकारले अनुसन्धान थालेको बताइएको छ ।

    images

    यहाँका १० ओटा गाउँमा हैजा फैलिएको पाइएको छ । यहाँका ती गाउँमा मात्र सयौँ मानिस विरामी भइ अस्पताल भर्ना भएका छन् । उनीहरूलाई हैजाको प्रकोपको आशङ्कापछि विशेषज्ञ चिकित्सकद्वारा उपचार सेवा गरिरहेका यहाँका स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् ।

    सरकारले ती क्षेत्रमा सफा पानीको प्रबन्ध र सरसफाईका कामलाई अघि बढाएको जनाएको छ । साथै गाउँलेहरूलाई सरसफाईसम्बन्धी सचेतना कार्यक्रम पनि सञ्चालन गरिएको बताइएको छ । नाइजेरियामा घना बस्तीहरूमा खानेपानी, सरसफाई तथा अन्य आवश्यक स्वास्थ्य पूर्वाधारको अभावमा हैजाको प्रकोप बारम्बार फैलिने गरेको छ ।निगम यसविपरीत देखिन्छ।

    नेपाल आयल निगमले गत शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य घटाएको छ। आइओसीबाट पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेल १२ रुपैयाँ ३१ पैसा तथा हवाई इन्धन १० रुपैयाँ ६१ पैसा मूल्य घटेर आएको छ। तर, निगमले भने ५० प्रतिशतभन्दा बढी कम गरेर मूल्य समायोजन गरेको छ। भारतबाट घटेर आएअनुसार निगमले मूल्य समायोजन नगरेको यो पहिलो पटक होइन। आफूलाई घाटामा देखाउँदै निगमले उचित मूल्य समायोजन नगर्ने गरेको आरोप लाग्दै आएको छ।


    आइओसीले मूल्य बढाएर पेट्रोलियम पदार्थ पठाउँदा नेपालमा भाउ बढाउने निगमले मूल्य घटेर आउँदा घटाएको पाइँदैन। यदि घटाइहाल्नुपर्दा पनि निकै कम घटाउने गरेको उपभोक्ताहरू बताउँछन्। पाँच महिनादेखि निगमले उचित मूल्य समायोजन गरेको नगर्दा जनताले महँङ्गो मूल्य तिर्नु परको उपभोक्ता हित संरक्षण मञ्च नेपालका महासचिव विष्णुप्रसाद तिमिल्सिनाले बताएका छन्।

    उनले निगमलाई अमुक बैंकबाट ऋण लिनु भनेको सरकार र निगमबीचको चलखेलले समयमै उचित मूल्य समायोजन हुन नसकेको आरोप लगाएका छन्। वैज्ञानिक ढंगबाट मूल्य समायोजन गर्नुपर्नेमा जोड दिँदै महासचिव तिमिल्सिनाले भने, ‘पेट्रोलियम पदार्थको मूल्य बढ्दा बढाइदेऊ, घट्दा पनि घटाइदेऊ। यसो गर्दा उपभोक्ता मारमा पर्ने छैनन्।’

    निगमले हवाई इन्धनमा पनि अत्यधिक नाफा लिइरहेको उनको दाबी छ। सरकारले जनतालाई भ्याट र ब्याजको नामा ठगी गरिरहेको उनको भनाइ छ। कमिसन र अनावश्यक सुविधा लिने संस्था र कर्मचारीको कार्यशैली परिवर्तन नभए अझै उपभोक्ताले महंगी र असमान मूल्यको सामना गर्नुपर्ने महासचिव तिमिल्सिनाको भनाइ छ।

    उनले भारतबाट पेट्रोलियम पदार्थ मूल्य घटेर आउँदासमेत निगमले मूल्य घटाएर समायोजन नगर्नुको कारण सरोकारवालाले दिनुपर्ने माग गरेका छन्।  मूल्य घटेर आउँदा पनि  निगम घाटामा रहेको बहाना देखाएर मूल्य समायोजन नगर्दा मुनाफा जति सबै राज्यको कोषमा जम्मा भइरहेको उनको आरोप छ।

    निगमका प्रवक्ता विनितमणि उपाध्यायले निमगमाथि लगाएको आरोप अस्वीकार गरेका छन्। मूल्य समायोजन गर्दा कुनै चलखेल नभएको दाबी गर्दै उनले भने, ‘निगमले कुनै किसिमको चलखेल गरेको छैन। हामी शतप्रतिशत पारदर्शी रुपमा मूल्य समायोजन गरेका छौँ।’ निगम अझै २० अर्ब बढी ऋणमा रहेको भन्दै उनले आवश्यकताअनुसार मूल्य घटाउन भने नसकेको स्वीकारे। ‘जति मूल्य घटाउनु पर्ने हो, त्यति मूल्य निगमले घटाउन सक्ने अवस्थामा अझै आइपुगेको छैन,’ उनले भने।

    गत ६ महिनाअघि पेट्रोल र डिजेलको मूल्यले नयाँ रेकर्ड बनाएको थियो। त्यस बेलादेखि नै पेट्रोलियम पदार्थको मूल्य अकासिएको थियो। निगमले गत ८ जेठमा सार्वजनिक गरेको विज्ञप्तिअनुसार ३ अर्ब ३५ करोडभन्दा बढी घाटा रहेको थियो। सोही मितिदेखि गत शुक्रबारसम्म निगमले भारतबाट ११७ रुपैयाँ १८ पैसामा खरिद गरेको पेट्रोललाई १८०, डिजेल र मट्टितेल १६३ रुपैयाँमा बेचिरहेको थियो।

    त्यस दिनदेखि नै पेट्रोल १८०, डिजेल र मट्टितेल १६३ मूल्य निगमले तोकेको थियो। जेठयता पनि भारतबाट मूल्य घटेर आउँदा निगमले मूल्य नघटाई बेचिरहेको थियो। भारतले गत मंसिर १५ गते पठाएको मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर १३ रुपैयाँ, डिजेलमा ५३ पैसा, मट्टितेलमा ३५ रुपैयाँ र हवाई इन्धनमा ४२ रुपैयाँ १६ पैसा नाफा हुँदा पनि निगमले मूल्य घटाएन। न्युज कारखानाबाट