आइतबार, कार्तिक १६ गते २०८३
images
images

सार्वजानिक यातायातमा जीपीएस प्रणाली जडान

एक्सप्रेस पाना
भाद्र २०, २०७८ आइतबार
  • 265
    SHARES
  • सार्वजानिक यातायातमा जीपीएस प्रणाली जडान

    भदौ २० काठमाडौं । चालु आर्थिक बर्षमा सार्वजनिक यातायातलाई ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) प्रणालीमा जोडिने भएको छ । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनलाई व्यवस्थित बनाउन जीपीएस जडान प्रक्रिया अघि बढाएको छ ।

    images

    जीपीएसमार्फत गुडिरहेका गाडीको अवस्थाका बारेमा ट्राफिक प्रहरीलाई अनलाइनबाट जानकारी प्राप्त हुनेछ । यसले सार्वजनिक यातायातका विकृति र आपराधिक घटना नियन्त्रण गर्न सहयोग हुने विभागको दाबी छ ।