भदौ २० काठमाडौं । दाङमा अढैया जातको माछा दाँतले टोकेर बहोस भएका एक ब्यक्तिको मृत्यु भएको छ । लमही नगरपालिका- १ सुनडबरीका ४९ बर्षीय खिमबहादुर घर्तीले शनिबार दिउँसो स्थानीय कुलोमा बल्छी लगाएर तानेको अढैया जातको माछा मार्न आफ्नै दाँतले माछाको टाउकोमा टोकेका थिए ।
माछाको टाउको टोके लगत्तै घर्ती बेहोस भएपछि उनलाई लमही अस्पतालमा पुयाएपनि चिकित्कसले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रमुख एसपि सुरेशप्रसाद काफ्लेले बताए । वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरिक्षक राजन पौडेलले दिउँसो साढे ३ बजेतिर घर्तीलाई अस्पताल पुयाउँदा मृत्यु भइसकेको बताए ।
घर्ती शनिबार दिउँसो श्रीमतीसँगै स्थानीय कुलोमा बल्छी लगाएर माछा मार्न गएका थिए । उनको बल्छीमा सर्प जस्तै देखिने झन्डै एक हात जति लामो अढैया जातको माछा परेपछि बाहिर तानेका थिए । तर, माछा फटफटाउन थालेपछि घर्तीले माछाको टाउको आफ्नै मुखले टोकेर कच्याककुचुक पारेपछि उनी बेहोस भएको प्रहरी निरिक्षक पौडेलले बताए ।
.jpg)


