काठमाडौं । शुक्रबार एकैदिन सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा १२ सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।
आज छापावाल सुनको मूल्य एक लाख ३ सय रुपैयाँ, तेजावी सुनको मूल्य ९९ हजार ८ सय र चाँदीको मूल्य प्रतितोला १ हजार ३९० रुपैयाँ तोकिएको छ ।
.jpg)

