आइतबार, कार्तिक १६ गते २०८३
images
images

झापामा अटो चालको हत्या

एक्सप्रेस पाना
भाद्र २०, २०७८ आइतबार
  • 205
    SHARES
  • झापामा अटो चालको हत्या

    भदौ २० झापा । विर्तामोड नगरपालिका–४ मा एक व्यक्तिको हत्या भएको छ । कचनकवल गाउँपालिका–३ का अटो चालक ५० वर्षीय भात्रु राजवंशीको हत्या भएको प्रहरीले जनाएको छ ।

    images

    जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले मृतकको टाउको, अनुहारलगायत शरीरको विभिन्न ठाउँमा चोटपटक देखिएकाले उनको हत्या नै भएको बताएका छन् । मृतकका छोरा १५ वर्षीय देवनारायण राजवंशीले कान्छा काकाले कोठामै बुबालाई मारेर भागेको प्रहरीलाई बताएका छन् ।

    सोही वडामा डेरा गरी बस्ने ३८ वर्षीय रतनलाल राजवंशीले कुटेर मारेको र त्यसपछि आफ्नो ९ वर्षीय छोरा श्रीमनलाई साइकलमा लिएर भागेको प्रहरीलाई जानकारी आएकाले उनको खोततलास भइरहेको प्रवक्ता थापाको भनाइ छ ।

    images