भदौ २० बागलङ । बागलुङ नगरपालिका–१० भकुण्डेस्थित धौलेचौरमा पानी संकलनका लागि निर्माण गरेको पोखरीमा डुबेर एक बालकको निधन भएको छ । मानबहादुर बुढाथोकीका ८ वर्षीय छोरा एलस बुढाथोकीको पोखरीमा डुबेर मृत्यु भएको हो ।
पानीमा डुबेर गम्भीर घाइते बुढाथोकीको उपचार गर्न धौलागिरी अस्पताल बागलुङ ल्याइए पनि अस्पतालले मृत घोषण गरेको प्रहरी उपरीक्षक इकवल हवारीले जानकारी दिए । पोखरी घरदेखि करिब एक सय मिटर टाढा छ ।
.jpg)


