सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनको भाउ प्रतितोला एक लाख ११ सय रुपैयाँ

एक्सप्रेस पाना
पौष १३, २०७९ बुधबार
  • 197
    SHARES
  • सुनको भाउ प्रतितोला एक लाख ११ सय रुपैयाँ

    काठमाडौं । नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य बढेको छ ।

    images

    अघिल्लो कारोबार दिन प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला चार रुपैयाँ बढेको हो। 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख छ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

    images

    मंगलबार छापावाल सुन प्रतितोला एक लाख सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दुई सय रुपैयाँमा कारोबार भएको थियो।  

    त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

    मंगलबार चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भएको थियो । मंगलबारको तुलनामा आज चाँदी प्रतितोला १० रुपैयाँ बढेको हो।