आइतबार, कार्तिक १६ गते २०८३
images
images

खोटाङमा भरुवा बन्दुकसहित दुई जना पक्राउ 

एक्सप्रेस पाना
भाद्र २०, २०७८ आइतबार
  • 228
    SHARES
  • खोटाङमा भरुवा बन्दुकसहित दुई जना पक्राउ 

    भदौ २० खोटाङ । खोटाङमा भरुवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अवैध भरुवा बन्दुक लुकाई छिपाई राखेको अभियोगमा प्रहरीले हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका दिलसेर राई र खड्गसिं राईलाई पक्राउ गरेको हो ।

    images

    दिलसेरले गोठमा र खड्गसिंले घरमा अवैध भरुवा बन्दुक लुकाएर राखेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएका प्रहरीको टोलीले शनिबार दुई जनालाई नियन्त्रणमा लिएको हो । 

    खानतलासी गर्दा उनीहरुको घर तथा गोठबाट एकरएक नाल भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सागर शाहले जानकारी दिए । भरुवा बन्दुकसहित पक्राउ परेका राईद्वयलाई हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 

    images