आइतबार, कार्तिक १६ गते २०८३
images
images

बीपी प्रतिष्ठान संचालन गर्न मन्त्रालयले गर्‍यो आग्रह

एक्सप्रेस पाना
भाद्र २०, २०७८ आइतबार
  • 229
    SHARES
  • बीपी प्रतिष्ठान संचालन गर्न मन्त्रालयले गर्‍यो आग्रह

    काठमाडौँ, २० भदौ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा संचालन गर्न अनुरोध गरेको छ ।

    images

    मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले आन्दोलरत पक्षलाई प्रतिष्ठानका अधिकांश माग भइसकेकाले स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील ठाउँको सेवा सुरु गर्न आग्रह गरेका छन् ।
     
    ‘आन्दोलरत पक्षले उठान गर्नुभएका अधिकांश माग सम्बोधन भइसकेको, थप मागहरू सम्बोधनका क्रममा रहेका हुँदा कोभिड-१९ संक्रमण महामारीको अवस्थामा स्वास्थ्य जस्तो अत्यावश्यक र संवेदनशील क्षेत्र खुला राखी स्वास्थ्य सेवा संचालन गर्नुहुन अनुरोध छ’, उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ । मन्त्रालय र आन्दोलनरत पक्षबीच छ बुँदे सहमतिसमेत भइसकेको छ । 

    मन्त्रालयले प्रतिष्ठानको समस्या पहिचान तथा छानविन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव बैकुण्ठ अर्यालको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो । सो समितिले तयार पारेको प्रतिवेदनसमेत पेस गरिसकेको र सोही प्रतिवेदनका आधारमा प्रतिष्ठान सुधार गर्नतर्फ मन्त्रालय लागिपरेको समेत उनले बताए ।

    images