सोमबार, कार्तिक १७ गते २०८३
images
images

भारतबाट बढेर आयो इन्धनको मुल्य, नबढाउने निगमको निर्णय

एक्सप्रेस पाना
पौष १७, २०७९ आइतबार
  • 257
    SHARES
  • भारतबाट बढेर आयो इन्धनको मुल्य, नबढाउने निगमको निर्णय

    काठमाडौँ । नेपाल आयल निगमले हाललाई इन्धनको मूल्य यथावत् राख्ने भएको छ । 

    images

    भारतबाट केही मूल्य बढेर आएपनि समग्रमा निगम पाक्षिक ९९ करोड नाफामा रहेकाले हाललाई इन्धनको मूल्य यथावत राख्ने नेपाल आयल निगमले जानकारी दिएको हो ।

    आइतबार विज्ञप्ति जारी गर्दै निगमले भनेको छ 'भारतीय आयल कर्पोरेसनको बक्यौता नेपाल सरकारको ऋण व्यवस्थापन चुनौतिपूर्ण अवस्था रहेकाले हाललाई पेट्रोलियम पदार्थको खुद्रा मूल्य यथावत राखिएको छ ।'

    images

    भारतीय आयल कर्पोरेसन(आईओसी) ले निगमलाई आइतबार इन्धनको मूल्य बढाएर पठाएको छ । अन्तर्राष्ट्रिय बजारमा प्रशोधित इन्धनको मूल्य बढेपछि आईओसीले पनि मूल्य बढाएर पठाएको निगमले जनाएको छ ।

    आईओसीले पठाएको नयाँ मूल्यसूचीमा पेट्रोलको भाउ प्रतिलिटर २ रुपैयााँ ५४ पैसा, डिजेलमा २ रुपैयाँ ९५ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ १३ पैसा र ग्यासमा प्रतिसिलिन्डर ७८ रुपैयाँ २२ पैसा बढेर आएको छ ।