आइतबार, कार्तिक १६ गते २०८३
images
images

कांग्रेस महाधिवेशन : महोत्तरीमा आकांक्षीहरू नै खुल्न सकेनन् 

एक्सप्रेस पाना
भाद्र २०, २०७८ आइतबार
  • 234
    SHARES
  • कांग्रेस महाधिवेशन : महोत्तरीमा आकांक्षीहरू नै खुल्न सकेनन् 

    भदौ २० महोत्तरी । सत्तारूढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन निर्धारित समयमा नै हुने भएपछि देशैभर अधिवेसनको गर्मागर्मी बढिरहेको छ । 

    images

    पाटीभित्रको योगदान र क्रियाशीलताका आधारमा हरेक वडा, नगर र जिल्लाहरूमा कांग्रेसका नेताहरूको आआफ्नै दाबी छ । कतिपय ठाउँहरूमा सहमति भइसकेको छ भने कतिपय ठाउँहरूमा सहमतिका प्रयासहरू भइरहेका छन् ।

    प्रदेश-२ का जिल्लाहरूमा भने न सहमति बन्न सकेको छ। न त सहमतिका प्रयासहरू नै भएका छन् । महाधिवेशन नजिकिँदै गर्दा जिल्लाका नगर, वडाहरूमा खासै तयारी देखिएको छैन । 

    images

    अझ महोत्तरी जिल्लामा त यसको तयारी शून्य देखिएको छ । जिल्लामा सभापतिको दाबेदारीमा चिरन्जीवी हमाल, नागेश्वर यादव, बजरङ्ग नेपाली र सुशील यादवको चर्चा चलेता पनि कोही पनि खुल्न सकेका छैनन् ।

    उहाँहरूले दाबी गरेको सुनिएको छ तर हामीलाई केही भन्नुभएको छैन । पालिकाहरूमा सहमति हुन सक्ने भए पनि जिल्लामा भने सहमति हुन नै सक्दैन, नेपाल तरुण दल महोत्तरीका अध्यक्ष विनोद ढुंगेलले भने ।

    तर, दाबी गरेका नेताहरूबीच नै गुट, उपगुट छन् । जिल्लामा अनौपचारिक रूपमा सभापतिको उम्मेदवारी घोषणा गरेकाहरूका लागि आआफ्नै समूहहरू तयार बनिसकेका छन् । यसैले पनि सहमतिको संभावनामा निक्कै कम रहेको बताइन्छ ।

    कांग्रेस महोत्तरीमा यसरी विवाद सिर्जना हुँदै छ कि वडामा समेत सर्वसम्मतबाट उम्मेदवार छनौट गर्न अत्यन्त मुस्किल भइरहेको जिल्लास्तरीय नेताहरूको भनाइ छ ।

    एउटा पालिकामा ४र४ जनासम्म सभापतिका अकांक्षीहरू छन् । लामो समयसम्म पार्टीमा योगदान भएको हुँदा कुनै पनि हालतमा सभापतिको उम्मेदवारीबाट पछाडि नहट्ने उनीहरूको अडान छ ।

    बर्दिबास नगरपालिकामा मात्र अहिलेसम्म ५ जनाभन्दा बढी उम्मेदवार छन् । तीमध्ये अगाडि देखिएका शंकर फुयाल, कुमार दाहाल र युवराज पोखरेल छन् । उनीहरूले कार्यकर्ताहरूसँग भोट नै माग्न सुरु गरिसकेको स्थानीय नेता माधव पौडेल बताउँछन्।

    क्षेत्र न‌ं। १ मा भने सहमतिको प्रयास नजिक९नजिक पुगेको स्थानीय नेता तथा बर्दिबास नगरपालिकाका सभापतिका अकांक्षी शंकर फुयालको भनाइ छ । सकेसम्म क्षेत्र नं। १ मा उमेर, योग्यता, क्षमता र योगदानका आधारमा कोही पनि छुट्नेछैनन् भन्ने मैले विश्वास लिएको छु । नेता तथा कार्यकर्ताहरूले सही मूल्यांकन गर्नेछन्, उनले भने, सहमति, सहकार्य र सहअस्तित्व स्वीकार्ने पार्टी भएकाले सबै कार्यकर्ताले आफ्नो जित भएको महसुस गर्नेछन् ।न्युज कारखाना