काठमाडौं । साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सोमबार सुन-चाँदीको मूल्य स्थिर रहेको छ।
आइतबार प्रतितोला तीन सय रुपैयाँ बढेको सुनको मूल्य आज स्थिर रहेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि चाँदी १४ सय रुपैयाँमा नै किनबेच भएको थियो ।
.jpg)


