सोमबार, कार्तिक १७ गते २०८३
images
images

ब्राजिलमा तेस्रो कार्यकालका लागि सत्तामा फर्किए लुला

एक्सप्रेस पाना
पौष १८, २०७९ सोमबार
  • 180
    SHARES
  • ब्राजिलमा तेस्रो कार्यकालका लागि सत्तामा फर्किए लुला

    लुइज इनासियो लुला दा सिल्भाले ब्राजिलको राष्ट्रपतिको रूपमा तेस्रो कार्यकालको लागि पदभार ग्रहण गरेका छन् ।

    images

    पदभार ग्रहणसँगै उनले गरीब र वातावरणको लागि लड्ने र अति दक्षिणपन्थी नेता जैर बोल्सोनारोको विभाजनकारी प्रशासनपछि ‘देशको पुनर्निर्माण’ गर्ने वाचा गरे ।

    हालैका दिनहरूमा मृत्यु भएका ब्राजिलका फुटबल लिजेन्ड पेले र पूर्व पोप बेनेडिक्ट १६औँ को लागि एक मिनेट मौन धारण गरेर सपथ ग्रहण सुरु भएका थिए ।

    images

    ७७ वर्षीय दिग्गज वामपन्थीले यसअघि सन् २००३ देखि २०१० सम्म ब्राजिलको नेतृत्व गरेका थिए ।