आइतबार, कार्तिक १६ गते २०८३
images
images

गोरखा  नगरपालिकाका विद्यालयहरु भदौ २८ गतेबाट खुलाउने तयारी

एक्सप्रेस पाना
भाद्र २१, २०७८ सोमबार
  • 244
    SHARES
  • गोरखा  नगरपालिकाका विद्यालयहरु भदौ २८ गतेबाट खुलाउने तयारी

    २१ भदौ, गोरखा । गोरखा नगरपालिकाका सबै सामुदायिक तथा नीजि विद्यालय आउँदो भदौ २८ गते सोमबारदेखि सञ्चालन हुने भएको छ ।
    आइतबार बसेको नगर शिक्षा समितिको बैठकले भौतिक उपस्थितिमा पठनपाठन संचालन गर्न पाउने निर्णय गरेको हो ।

    images

    शिक्षा समितिको बैठकअघि शिक्षासँग सम्बन्धित विभिन्न सरोकारवालासँग छलफल भएको थियो ।

    सहभागीले भौतिक उपस्थिति गराएर विद्यालयमा शिक्षण सिकाइ क्रियाकलाप संचालन गर्न सिफारिस गरेका थिए । सोही सिफारिसको आधारमा नगर शिक्षा समितिले बिद्यालय खोल्ने निर्णय गरेको हो ।

    images

    २५० जनासम्म विद्यार्थी भएका विद्यालयले एक सिफ्टमा पठनपाठन संचालन गर्न सक्ने र सो भन्दा बढी विद्यार्थी भएका विद्यालयले विद्यालय व्यवस्थापनरसंचालक समितिबाट कार्यविधि स्वीकृत गराइ एक सिफ्टमा चार घण्टाको समयावधि नघट्ने गरी पठनपाठन संचालन गर्न पाउने शिक्षा शाखाले जनाएको छ ।