आइतबार, कार्तिक १६ गते २०८३
images
images

पानी सफा बगेपछि मात्रै मेलम्ची  पुनर्निर्माणको काम सुरु गर्ने 

एक्सप्रेस पाना
भाद्र २१, २०७८ सोमबार
  • 219
    SHARES
  • पानी सफा बगेपछि मात्रै मेलम्ची  पुनर्निर्माणको काम सुरु गर्ने 

    भदौ २१ काठमाडौं । मेलम्चीमा सफा पानी बग्न थालेपछि आयोजनाको पुनर्निर्माणको काम सुरु गरिने भएको छ । मेलम्चीको पानी सफा हुन अझै एक÷दुई महिना लाग्ने अनुमान छ । हाल मेलम्चीमा लेदो पानी नै बगिरहेको छ ।

    images

    आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले मेलम्चीमा बाढीपहिरोको जोखिम कायमै रहेकाले तत्काल काम अगाडि बढाउन सम्भव नरहेको बताउनुभयो । आयोजनाले चैतबाट अस्थायी रूपमा काठमाडौं उपत्यकामा खानेपानी वितरण गर्न सकिने गरी कार्ययोजना तयार पारेको छ । सो कार्ययोजना खानेपानी मन्त्रालयमा बुझाइसकिएको छ ।

    पन्तले बाढीपहिरोले क्षतिग्रस्त बनेको आयोजनाबाट सरकारका सबै निकायको सहयोग प्राप्त भएमा चैतसम्म अस्थायी रूपमा पुनः मेलम्चीको पानी काठमाडौँ उपत्यकामा वितरण गर्न सकिने गरी कार्ययोजना तयार पारिएको खानेपानी मन्त्रालयमा बुझाइएको जानकारी दिनुभयो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।241272702_580816309757476_414069759983127350_n.jpg

    images