सोमबार, कार्तिक १७ गते २०८३
images
images

मधेश प्रदेशका कुन जिल्लामा कति सहुलियतपूर्ण कर्जा प्रवाह ?

एक्सप्रेस पाना
पौष १९, २०७९ मंगलबार
  • 273
    SHARES
  • मधेश प्रदेशका कुन जिल्लामा कति सहुलियतपूर्ण कर्जा प्रवाह ?

    गत आर्थिक वर्ष मधेस प्रदेशमा मात्रै २२ अर्ब ३० करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको मधेस प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । 
     
    अघिल्लो आर्थिक वर्षमा यो प्रदेशमा १४ अर्ब ५ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह भएको थियो । यो प्रदेशमा एक वर्षमा मात्रै ८ अर्ब २५ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ ।

    images

    बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको निर्देशनअनुसर सहुलियतपूर्ण कर्जा प्रवाह गर्दा धितोमा आधारित भएर अन्य कर्जा सरह प्रवाह गरेकाले यो कर्जा ह्वातै बढेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
     
    कुल प्रवाहित कर्जामध्ये सबैभन्दा धेरै सर्लाही जिल्लामा भएको छ । यस जिल्लामा कुल कर्जाको २०.१३% अर्थात् ४ अर्ब ४८ करोड रुपैयाँ प्रवाहित भएको छ । त्यस्तै, सप्तरी जिल्लामा ४.८७% अर्थात् १ अर्ब ८ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । 

    मधेश प्रदेशका कुन जिल्लामा कति सहुलियतपूर्ण कर्जा प्रवाह ?

    images