सोमबार, कार्तिक १७ गते २०८३
images
images

एसियनको आइपीओमा आवेदन दिने अन्तिम दिन

एक्सप्रेस पाना
पौष १९, २०७९ मंगलबार
  • 227
    SHARES
  • एसियनको आइपीओमा आवेदन दिने अन्तिम दिन

    काठमाडौँ । एसियन हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज मंगलबार अन्तिम दिन रहेको छ।

    images

    कम्पनीको आइपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले आज पुस १९ गते मंगलबार कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् । हाइड्रोपावरले मंसिर २७ गतेदेखि इलाम जिल्लाको आयोजना प्रभावित क्षेत्रका स्थानीयहरु र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि आइपीओ बिक्री खुला गरेको हो ।

    वैदेशिक रोजगारीमा रहेका नेपालीहरुबाट भने पुस १२ गतेपछि आवेदन लिन बन्द गरिएको थियो। हाइड्रोपवारले स्थानीयलाई १०० रुपैयाँ अंकित मूल्यमा ३ लाख ४० हजार कित्ता सेयर निष्कासन गरेको हो ।

    images

    यसमा आयोजना अति प्रभावित क्षेत्र इलाम नगरपालिका वडा नं १०, माई जोगमाई गाउँपालिका वडा नं ३ र ४ तथा सूर्योदय नगरपालिका वडा ११ का स्थानीय बासिन्दाहरुका लागि ४०५ अर्थात १ लाख ३६ हजार कित्ता र आयोजना अति प्रभावित क्षेत्र बाहेकको इलाम जिल्लाका अन्य क्षेत्रहरुमा बसोबास गर्ने बासिन्दाहरुका लागि बाँकी ६०५ अर्थात २ लाख ४ हजार कित्ता सेयर छुट्याइएको छ ।

    स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। रेटिङ एजेन्सी केयर रेटिङ नेपालले एसियनलाई केयर एनपी डबल बी रेटिङ प्रदान गरेको छ ।